व्यापारी र गधा

The Merchant and the Donkey

यो कथा एउटा अल्छे गधा र एकजना नुन व्यापारीको हो। एकदिन व्यापारीले नुन किन्छ र गधाको पिठ्युँमा लादेर फर्कन्छ जहाँ बाटामा तिनीहरूले एउटा खोला पनि पार गर्नु पर्ने हुन्छ। खोला तर्दा अचानक गधाको खुट्टा अडकिन्छ र लड्छ। बाहिर निस्कँदा गधाको भारी हल्का भएको हुन्छ। यो थाहा पाएर गधाले आफ्नो भारी हल्का पार्न हरेकपल्ट जानीजानी खोलामा लड्छ। त्यो कुरा बुझेर व्यापारीले कपास किनेर गधाको पिठ्युँमा बोकाउँछ। उता गधाले फेरि त्यही चाल चल्छ तर यसपटक भने उसको भारी गह्रौँ हुन्छ। कथाले के सिकाउँछ भने अल्छे हुनु राम्रो होइन।

Login to Read Now