मृग र उसको छाँया
The Stag and his reflection
एउटा सुन्दर सिङ भएको मृग थियो जसले आफ्नो सिङको धेरै प्रशंसा गर्थ्यो तर सधैँ आफ्नो पातलो खुट्टाको बारेमा भने गुनासो गर्थ्यो। एक दिन एउटा सिंहले त्यसलाई खेद्यो अनि त्यो भाग्दा सिङ रूखमा अड्कियो। त्यसपछि त्यसले आफ्नो सुन्दर सिङको भन्दा आफ्नो खुट्टाको उपयोगिताको महत्त्व बुझ्यो।