बिच्छी र कछुवा
The Scorpion and the Tortoise
यो कथा एउटा घमण्डी बिच्छी र एउटा दयालु कछुवाको बारेमा हो जो साथी-साथी थिए। एक दिन कछुवाले आफ्नो ठाउँ छोडेर नजिकैको जङ्गलमा जाने निर्णय गर्छ। बिच्छीले पनि साथ दिने निर्णय गर्छ। बाटोमा जङ्गल छिचोल्दै गएर नदी पनि तर्नु पर्थ्यो। कछुवाले बिच्छीलाई आफ्नो पिठ्युँमा राखेर नदी पार गर्नका निम्ति आह्वान गर्छ। अचानक कछुवाले आफ्नो पिठ्युँमा कुनै कुराले चिलेको अनुभव गर्छ। सोध्दा बिच्छीले आफ्नो खिलले उसको खोल छेड्न खोजेको थाहा पाउँछ। यसले कछुवालाई रिस उठ्छ र त्यसलाई नदीमा नै डुबाइ दिन्छ।