बिरालो, न्याउरीमुसा र खरायो
The Cat, the Rabbit and the Weasel
एकपल्ट एउटा दयालु खरायो जङ्गलको एउटा सफासुग्घर घरमा बस्थ्यो। एकदिन त्यसको अनुपस्थितिमा एउटा मलसाप्रो त्यो घरभित्र पस्छ। जब खरायो फर्कन्छ त्यसले मलसाप्रो आफ्नो ओछ्यानमा सुतिरहेको भेट्टाउँछ। मलसाप्रोले त्यो ठाउँ नछोडने जिद्दी गर्छ। त्यसैले यो कुरा मिलाउन तिनीहरूले एउटा बिरालो बोलाउँछ। दुष्ट बिरालोले तिनीहरूको झगडा सुनेको जस्तो मात्र गर्छ। त्यसपछि मलसाप्रो र खरायो दुवैलाई आक्रमण गरेर आफै खरायोको घरमा आरामसँग बस्छ। जब दुईजनाको माझमा झगडा पर्छ तब त्यसमा तेस्रोले सधैँ फाइदा लिन्छ भन्ने कथाको नैतिक शिक्षा हो।