सुनौलो राजाहाँस

The Golden Swan

एकपल्ट सुनको प्वाँख भएको सुन्दर राजाहाँस एउटा पोखरीमा बस्थ्यो। त्यो पोखरी नजिकै एउटी गरिब महिला आफ्ना दुई छोरी लिएर बस्थी। त्यसले गरिब महिलाको दुख देख्यो र उसलाई आफ्नो सुनको प्वाँख दिएर सहयोग गर्ने विचार गर्यो। त्यसपछि चाँडै त्यो महिलाले आरामदायी जीवन बिताउन थाली। समयको साथै उनी लोभी भइन् र आफूले सबै प्वाँखहरू एकैपल्टमा प्राप्त गर्न राजा हाँसलाई मार्ने प्रयास गरिन्। यसले राजाहाँसलाई रिस उठ्यो र त्यसले कहिल्यै नआउने विचार गर्यो। समयसँगै महिलाले आफ्नो गल्ती त बुझी तर त्यति बेलासम्म धेरै ढिलो भइसकेको थियो।