स्याल र बाख्रा
The Fox and the Goat
एकपल्ट एउटा तिर्खाएको स्याल इनारमा खस्यो। त्यसले पानी मिठो छ भनेर एउटा बाख्रालाई पनि पानीमा हाम फाल्न लगायो। बाख्राको सहारा लिएर स्याल बाहिर निस्क्यो र त्यसले हाम फाल्नभन्दा पहिला अघिपछि सोच्नुपर्छ भनी बाख्रालाई त्यहीँ छोडी राख्यो। यो कथाको नैतिक शिक्षा कुनै प्रकारको पाइला चाल्नुभन्दा अघि हामीले एकपल्ट सोच्नुपर्छ भन्ने हो।